अपडेट 
२०७९ पुष १, शुक्रबार ११:२९

सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीकाे १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजाे ताेलामा सात सय रुपैयाँले घटेकाे सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजाे ताेलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएकाे थियाे ।

Comment


Related News

Latest News

Trending News