अपडेट 
२०७९ पुष २, शनिबार ०८:०८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा फेरी विवाद सुरु भएको छ । पार्टी भित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो दुवै नेतामा शक्ति सन्तुलनको विषयलाई लिएर फेरी विवाद बढेको छ । सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोसपाका वरिष्ठ नेता रहेका महतो आफै निर्वाचनमा पराजित हुनु तथा उनी पक्षधर नेताहरु मध्ये भतिजो उपेन्द्र महतो मात्रै बिजयी हुनुले पनि महतो पार्टी भित्र कमजोर देखिएका छन् । उनका भतिजो उपेन्द्र पनि राजेन्द्र संग असन्तुष्ट छन् ।

जसपा विभाजन भएपछि अधिकांश महतो पक्षधर नेताहरु लोसपामा नफर्कि जसपानै रोजेका थिए भने सम्पन्न निर्वाचनमा महतो आफै र उनका पक्षधर पराजित भएपछि ठाकुर झन शक्तिशाली भएका छन् । चुनावका लागि टिकट वितरणदेखि लिएर समानुपातिक सदस्यमा नाम राख्ने विषयलाई लिएर नेता महतोले चित्त दुखाएका थिए । अध्यक्ष ठाकुरले पार्टीमा एकलौटी गरेको, आफ्ना निकटलाई टिकट दिनुको साथै समानुपातिक सदस्यको बन्द सूचीमा आफन्त र आफ्ना निकटलाई मात्र राखेको, संगठनका कामहरु अगाडि नबढाएको, पार्टीलाई अनिर्णयको बन्दी बनाएका जस्ता आरोप लगाउँदै नेता महता असन्तुष्ट भएर बसेका छन् । अध्यक्ष ठाकुरले पार्टीलाई गतिशिलता दिन नसकेको गुनासो आफ्ना निकट नेताहरुलाई गरिरहेका छन् । हालसम्म पार्टीको केन्द्रीय समिति गठन भएको छैन । कार्यकारिणी समितिको भरमा पार्टी सञ्चालन भइरहेको छ । त्यो पनि नियमित बैठक बस्दैन भनि नेता महतोको गुनासो आफ्ना निकटका नेताहरु समक्ष गरेका छन् । नेता महतो अबको राजनीति परम्परा ढंगबाट होइन, नयाँ ढंगले नबढाए मधेशले कहिले पनि अधिकार नपाउने भन्दै आएका छन् । लोसपा राम्रोसँग सञ्चालन नभए त्यसको विकल्प खोज्न पनि नेता महतो तयार छन् । सरकार गठनसम्म उनी पर्खिने छन् ।

सरकार गठनपछि लोसपा कसरी अगाडि बढ्छ त्यसको आधारमा उनले निर्णय लिएर आफ्नो राजनीति यात्रा तय गर्ने स्रोतले जनाएको छ । उनी जनकपुर र सर्लाहीमा आफ्ना नेता तथा कार्यकर्तासँग लोसपाको विकल्प बारेमा पनि छलफल गरेका छन् । अब पनि महन्थ ठाकुरले पार्टीलाई ठीक ढंगले चलाउन सकेन भने त्यसको विकल्प खोज्ने विषयमा आफ्ना निकट नेताहरुसँग छलफल चलाएका स्रोतले जनाएको छ । नेता महतो चुनावमा पराजित भएपनि मतदातालाई धन्यवाद दिनका लागि क्षेत्रमा आएको बताउँदै महतो निकट एक नेताले भने–‘सातवटा पालिका छन्, एउटा पालिकालाई एक दिनको समय दिए पनि सात दिन लाग्दो रहेछ, त्यसमा अलि बढी समय लागेको कारण अरुलाई शंका लागेको हुनुपर्छ तर त्यस्तो केही पनि छैन् ।’

Comment

Related News

Latest News

Trending News