अपडेट 
२०७९ पुष २, शनिबार ०८:२०

संजय शाह (टकला)को छोरा चैतन्यराज शाहले रजत पदक हासिल गरेका छन् ।

‘वल्र्ड इकोनमिक्स कप– २०२२’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले रजत पदक हासिल गरेका छन् । उच्च शिक्षा अध्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ उक्त प्रतियोगिता गराइएको थियो । सोही प्रतियोगितामा व्यक्तिगतर्फत चैतन्यराज शाह, रोयल कटुवाल र प्रज्वलविक्रम थापाले रजत पदक हासिल गरेका छन् । डिप कप्रिहेन्सन विधामा चैतन्य २५ औं स्थानमा छन् । उनले १८८ अंक ल्याएका थिए । नेपालमा भएको आन्तिरक छनौटमा उनी प्रथम भएका थिए । सोही प्रतियोगितामा सागर भट्टराई, आर्जमणी कँडेल, अनुष्का सुवेदी, जिया पोखरेल र सुप्रद तखछे श्रेष्ठले काश्य पदक जितेका छन् । फन्डामेन्टल टप ३० विधाअन्र्तगत सागरले ९४ अंक प्राप्त गरी नवौं स्थान प्राप्त गरेका छन् भने अनुष्का र प्रज्जवल १८ औं स्थानमा आएका छन् । सुप्रद र जियाले ८९ अंक ल्याई २५ औं स्थान हासिल गरेको वल्र्ड इकोनमिक्स कपले जनाएको छ । उच्च शिक्षा अथ्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ गराइएको ‘वल्र्ड इकोनमिक्स कप–२०२२’ प्रतियोगितामा नेपालले यसपटक कुल ८ वटा पदक जितेको छ । व्यक्तिगततर्फ ३ रजत र ५ काश्य पदक प्राप्त गरेकोमा सामूहिकतर्फ नेपालले ७ औं स्थान हासिल गरेको छ ।

अघिल्लो प्रतियोगिताभन्दा यसपाली नेपालले सुधार गरेको छ । अघिल्लो प्रतियोगितामा नेपालले व्यक्तीगतमा ५ पदक जितेको थियो भने समूहगतमा नवौं स्थान प्राप्त गरेका छन् । कात्तिक २७ ( नोभेम्बर १३) मा सम्पन्न भएको प्रतियोगितामा ४२ देशका ५३ वटा समूह र २८६ जना प्रतिस्पर्धी सामेल थिए । तीन भागमा विभाजित प्रतियोगिता अनलाइन माध्यमबाट आयोजना गरिएको नेपाल इकोनमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले बताए । अर्थशास्त्रबारे फन्डामेन्टल (आधारभूत) र डिप कप्रिहेन्सन (गहन बुझाइ तथा विश्लेषण) विधामा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गराइएको थियो । थिंकिंङ एन्ड इन्नोभनेस (सोचाइ र नवप्रवर्तन) शीर्षकमा समूहगत प्रतिस्पर्धा भएको थियो । वल्र्ड इकोनोमिक्स कपमा विद्यार्थीहरूलाई सहभागी गराउन नेपाल इकोनोमिक्स ओलम्पियाडले भूमिका खेलेको थियो । यो इन्टरनेसनल इकोनोमिक ओलम्पियाडको नेपाल प्रतिनिधि हो । इन्टरनेसनल इकोनोमिक ओलम्पियाड उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि अर्थशास्त्रसँग सम्बन्धित विषयमा प्रतिस्पर्धा गराउने अभियान हो । सन् २००७ का नोबेल पुरस्कार विजेता एरिक मस्किनले शुरु गरेको यो अभियानले हरेक वर्ष विश्वभरबाट विद्यार्थी सहभागी गराएर प्रतिस्पर्धा गराउने गरेको छ ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News