अपडेट 
२०७९ पुष २, शनिबार ०८:२६

मधेश प्रदेश सरकारले जाडो याममा हुने सक्ने विपद् व्यवस्थापनको लागि तयारी थालेको छ । मंसिरको अन्तिम सप्ताहमा मधेश प्रदेशका जिल्लाहरुमा हुस्सु सुरु भई चिसो बढेको छ ।

जाडो याममा प्रत्येक वर्ष मधेश प्रदेशका मानवीय लगायतका विभिन्न क्षतिहरु हुदै आएको छ । त्यसलाई मध्यनगर गरेर प्रदेश सरकारले जाडो याममा सक्ने विपद् र त्यसको व्यवस्थापन तथा जोखिम न्युनिकरणको लागि प्रदेशका गृह तथा संचार मन्त्रालयले तयारी थालेको छ । प्रदेशका गृह तथा संचार मन्त्री तथा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष भरत प्रसाद साहले जोडो याममा निम्तिन सक्ने विपदालाई मध्य नजर गर्दै आवश्यक तयारीका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । जाडो याममा हुने सक्ने विपद् जोखिम न्युनकरणका लागि न्यानो कपडा वित्तरणदेखि हुस्सुको कारण हाईवेमा हुने सडक दुर्घटना रोक्न सम्मको योजना बनाईने मन्त्री साहले बताए । जाडो याममा प्रत्येक वर्ष मधेश प्रदेशमा मानवीय तथा विभिन्न क्षतिहरु हुदै आएको बताउदै मन्त्री साहले भने,‘ त्यसकारण हामीले यसको जोखिमबाट बच्न पूर्व तयारी थालेका छौ ।

त्यसकालागि सबै सरोकारवाला निकायहरुसँग पनि छलफल भएको छ । चाडै नै ठोस योजना बनाई त्यसको कार्यन्वयन गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको छु ।’ चिसोबाट हुने सक्ने क्षतिको विषयमा सर्वसधारणलाई जनचेतना जगाउने, विपद् व्यस्थापन तथा जोखिम न्युनिकरणको क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा गैर सरकारी संघसँस्थासँग समन्वय गरिने र चिसो प्रभावित गरिव विपन्न वर्गमा न्यायो कपडादेखि राहतका समाग्री वित्तरण गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर योजना बनाउने तयारी भई रहेको गृह तथा संचार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । चिसोमा लागने हुस्सुको कारण हाईवेहरुमा सवारी दुर्घटना बढ्ने भएकोले सवारी साधनको निगरानी गर्न सुरक्षा निकायसँग समेत छलफल भएको सचिव महतोले बताए । त्यसैगरि, चिसो छल्न खास गरी ग्रामिण क्षेत्रमा लगाईने घुराले पनि आगलगि लगायतका घटनाहरु विगतमा हुने गरेकोले त्यसलाई न्युनिकरणमा लागि सर्वसधारणमा जनचेतना जगाउने उदेश्यले जनचेतनामुलक सुचना प्रकाशन प्रशारण गरिने उनले बताए ।

जाडोबाट प्रभावित हुने गरिव विपन्न वर्गमा राहतका लागि न्यानो कपडा, कमबलसहितका समाग्री वित्तरण गर्ने सम्मको योजनाहरु बनाईने सचिव महतोले बताए ।

Comment

Related News