अपडेट 
२०७९ पुष २, शनिबार ०८:३१

सप्तरी निर्वाचन क्षेत्र नं.१ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य नवल किशोर साहले मुलुकभर रसायनिक मलको समस्यालाई मध्यनजर गर्दै सप्तरीमा कारखाना स्थापना प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

मलखाद्यको अभावमा किसानले समस्या भोगिरहेका वेला जनता समाजवादी पार्टीका नेता तथा मधेश प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका साहले शुक्रवार संचारकर्मीहरु संगको कुराकानीमा यस्तो प्रतिबद्धता ब्यक्त गरेका छन् । सप्तरी र सिरहा खाद्यान्न उत्पादनमा अग्रणीय रहेपनि रसायनिक मलको अभावका कारण यहाँको कृषि क्षेत्र पिछडिदै गएका कारण रसायनिक मलको सहज उपलब्धता र व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो । “मल कारखाना खोल्न सके ४÷५ हजार भन्दा बढीलाई रोजगारीको समेत अवसर प्राप्त हुन्छ, उनले भने –‘देश भरको मल अभाव समस्यालाई यसले ठूलो राहत पु¥याउने छ ।’ पञ्चायत काल देखि नै जनताले मलको हाहाकार भोग्नु परेको प्रसंग कोट्याउदै उनले परिवर्तनको अनुभुतिका लागी पनि मलको दिगो व्यवस्थापन हुनु जरुरी रहेको जिकिर दोह¥याए ।

सप्तरी जिल्लामा मात्रै ८१ हजार ६ सय ६८ हेक्टर जग्गा खेतीयोग्य छ । उक्त जग्गामा खेती गर्न वर्ष भरी कम्तीमा २३ हजार ८ सय ५७ मेट्रिक टन युरिया, १२ हजार ७ सय ८४ मेट्रिक टन डिएपी र ९ हजार २४ मेट्रिक टन पोटासको आवश्यकता रहेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए । तर समयमा मल खाद्य नपाउँदा प्रत्येक वर्ष किसानले खेतीका वेला समस्या भोग्दै आएका छन् ।

Comment

Related News