अपडेट 
२०७९ पुष २, शनिबार ०८:५४

लामो विवाद पछि श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलियाको अभिभावक भेला सफल भएको छ ।

बिवादको कारण बारम्बार स्थगित हुँदै आएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित बिद्यालयको अभिभावक भेलाले शुक्रबार बिद्यालय ब्यवस्थापन समितीकोलागि ४ जनाको नाम सर्बसम्मत सिफारिस गरिएको छ । अभिभावक भेलाले शोभा चौधरी ,कृष्णा कुमारी चौधरी ,कृष्ण प्रसाद चौधरी र बृजमोहन चौधरीको नाम सर्बसम्मत रुपले सिफारिस गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीको बिशेष सक्रियतामा अभिभावक भेला भएर सफलता पूर्बक सम्पन्न भएको जनाइएको छ । बिद्यालयको ब्यवस्थापन समितिको गठन उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगञ्जको २०६९ साल जेठ ३० गतेको निर्णय अनुसार र २०७९ साल असार १५ गतेको फैसला अनुसार ऐनको दफा १२ को १ को क बमोजिम बृहत अभिभावक भेलाबाट सर्ब‘म्मत सदस्य चयन गरिएको बिद्यालयका प्रधानध्यापक किशोरी यादबले जानकारी दिए ।

बिद्यालयको ब्यवस्थापन समिति ११ सदस्सीय हुनेछ । जसका बाँकी सदस्यहरुमा दुई जना उद्योग बाणिज्य संघको तर्फबाट ,एक जना वडाकोतर्फबाट ,एक जना शिक्षकहरुको तर्फबाट ,एक जना बिद्यालयका प्रधानध्यापक सदस्य सचिव र २ जना समाजसेवी ,बुद्धिजीबि र शिक्षा प्रेमीको तर्फबाट मनोनित हुने बिद्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News