अपडेट 
२०७९ पुष ३, आईतवार ०६:१७

लामो समयको प्रतिक्षापछि रुपनी–राजविराजसम्मको चार लेनको सडक निर्माण सुरु भएको छ ।

त्यसका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य सुरु गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो । रुपनी बजारबाट सदरमुकाम राजविराजसम्म जोड्ने १० किलोमिटर लम्बाईको सडक फराकिलो बनाउने काम सुरु भएको उहाँले बताउनुभयो । हाल दुई लेनको सडक स्तरोन्नति गरी चार लेनको बनाउन लागिएको हो । सडक डिभिजन कार्यालय लहानका इञ्जिनियर रमेश गोइतले रु तीन अर्बको अनुमानित लागतमा रुपनी–राजविराज सडकखण्ड निर्माण सुरु गर्न लागिएको जानकारी दिनुभयो । हाल रु ५५ करोडको बोलपत्र स्वीकृत भइसकेको छ । सडक ३० मिटर चौडाइ तथा १९ मिटर कालोपत्र, फुटपाथ, सोल्जर र मिडियनसमेत रहने उहाँको भनाइ छ ।

विसं २०७८ चैत ९ मारुपनी–राजविराज चार लेन सडकखण्डको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तत्कालीन सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो ।रासस

Comment

Related News

Latest News

Trending News