अपडेट 
२०७९ पुष ३, आईतवार ०६:३८

महिला साना किसान कृषि सहकारी संस्था लक्ष्मीनियाँको पाँचौं साधारणसभा सम्पन्न भएको छ ।

शनिबार लक्ष्मीनियाँ बजारमा संस्थाको आय व्यय प्रस्तुत गर्दै साधारणसभा सम्पन्न भएको छ । संस्थाले यस अवधिमा ९२ लाख २५ हजार आम्दानी गरेका छन् । संस्थाले यस वर्ष ४७ लाख ७० हजार चार सय शेयर पूँजी बनाएको संस्थाको प्रबन्धक सरोजकुमार यादवले जानकारी दिए । उनका अनुसार संस्थाले पाँच करोड ४८ लाख ९६ हजार सात सय ९७ रुपैयाँ कर्जा लगानी गरेका छन् । एक करोड ८६ लाख ५५ हजार ६ सय २९ रुपैयाँ बचत, खर्च ६७ लाख ५६ हजार र नाफा २४ लाख ६८ हजार गरेका छन् । संस्थाको अध्यक्ष बबितादेवी यादवको अध्क्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख भोगेन्द्र मिश्र, उपप्रमुख फुलकुमारी देवी, साना किसान लघुवित्त वित्तीय संस्थाको इलाका प्रवन्धक युवराज गैरे, सोही संस्थाको रघुनाथपुरको प्रवन्धक दीपनारायण पुर्वे र मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका अधिकृत ओमनारायण झासहितको सहभागिता रहेको थियो ।

Comment

Related News