अपडेट 
२०७९ पुष ३, आईतवार ०७:१४

मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र यादव र वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप यादवले अदालतको अवहेलना गरेका छन् ।

धनुषाधाम सबैला सडक खण्ड विस्तारको क्रममा मिथिला विहारी–४ का गौरी नारायण साहको जग्गा एकतर्फी सडकमा नलिन उच्च अदालत जनकपुरले २०७५ मंसिर ४ गते निषेधाज्ञा जारी गरेको थियो । नगरपालिकाका तत्कालीन मेयर अनिलकुमार यादव र वडाध्यक्ष महादेव यादवले अदालतको निषेधाज्ञापछि काम बन्द गरे पनि वर्तमान मेयर यादव र वडाध्यक्षले फेरि एकातिरबाट मात्रै सडक निर्माणको कार्य थालेका छन् । मेयर र वडाध्यक्ष स्थानीय लक्ष्मी यादवसंग मिलेर सो जग्गा अतिक्रमण गर्न लागेको भन्दै सडकको मध्यविन्दुबाट दुबैतर्फ बरावर जग्गा लिनुपर्ने भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । तत्कालीन मेयर र वडाध्यक्षले त्यो काम तत्कालका लागि बन्द गरे पनि वर्तमान मेयरले त्यो ठाउँमा गहिरो खाल्डो खनेपछि फेरि साहले अदालतको बाटो अपनाउनुपर्ने बाध्यता भएको छ ।

उनले सडकको मध्यविन्दुबाट दुबैतर्फ बरावर जग्गा लिनका लागि आग्रह गर्दा पनि मेयर र वडाध्यक्षले मेरो जग्गा मात्रै सडकमा लिने अडान लिएको पीडित साहले बताए । न्यायाधीशद्वय दिनेशप्रसाद यादव र डा.रवि शर्मा आर्यालको संयुक्त इजलासले निवेदक साहको मुद्दामा निषेधाज्ञा आदेश दिएका थिए ।

Comment

Related News

Latest News

Trending News