२०७९ पुष ३, आईतवार ०७:२७

वीरगञ्जमा देशकै पहिलो अत्याधुनिक प्रविधिबाट डट्पेन,इरेजर र शापनर उत्पादन हुने भएको छ ।

४० करोड्को लगानीमा वीणासति पेपर सेफेन स्टेशनरी उद्योगले उक्त स्टेशनरी सामानहरुको उत्पादनको थालनी गरेको छ । ५ रुपैयाँको मूल्यदेखि लिएर ५० रुपैयाँसम्मको मूल्यमा उक्त उत्पादनहरु बजारमा उपलब्ध हुने उत्पादक कम्पनीका निर्देशक मनोज कुमार मरोदियाले बताए । उत्पादित सामग्रीहरुको बारेमा बताउदै उद्योगपति मरोदियाले भने,‘आउने माघ १ गतेसम्ममा देशैभरका स्टेशनरी पसलहरुबाट बिक्री वितरण प्रारम्भ हुनेछ र हाम्रो प्रोडक्ट एकदम गुणस्तरीय भएकोले एक पटक उपभोक्ताको हातमा पुगेपछि सधै दोहोरिनेमा हामी विश्वस्त छौ ।’ उनले अगाडि भने हामीले सबै सामान नेपालमै उत्पादन गर्ने भएकोले मूल्य पनि एकदम कम राखेका छौ । अहिलेसम्म नेपालमा स्टेशनरीका सामानहरु एसेम्बली गर्ने कार्य मात्र भए पनि वीरगञ्जमा सुरु गरिएको उक्त उद्योग पूर्णरुपमा अटोमेटिक भएकोले पनि गुणस्तर सामानहरु उत्पादन हुने कम्पनीको दाबी छ ।



नेपालमा रहेका १÷२ वटा पुराना डट्पेन उद्योगहरु प्रायः सबै कच्चा पदार्थ बाहिरैबाट आयात गरी नेपालमा एसेम्बली मात्र गर्ने भएकोले उत्पादन महङ्गो पनि परिरहेको र नेपाल सुहाउँदो प्रयोग गर्न नपाएको उपभोक्ताहरुको गुनासो रहँदै आएको थियो ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News