
धनुषाको मिथिला नगरपालिकाको ढल्कवेर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
मोटरसाइकलमा सवार दुई जना मध्ये एकजनाको मृत्यु घटनास्थलमै भए पनि प्रहरीले उपचारको क्रममा मृत्यु भएको बताइएको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बसही पुल भन्दा आगाडि र श्रीपुर भन्दा ५०० मिटर पछाडि बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
बसही पुल नजिकै श्रीपुर नपुग्दै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकललाई जनकपुर देखि बिराटनगर जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बसले ठक्कर दिएको हो ।
मोटरसाईकल चालक धनुषाधाम ६ का अन्दाजी ३० वर्षिय लक्ष्मण यादव घाईते रहेका छन भने उनको हाल जनकपुरधामस्थित काव्या अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै मृत्यु हुनेमा धनुषाधाम ६ कै अन्दाजी ७० वर्षिय चन्द्रदीप यादव हुन । दुवै जना बुबा छोरा हुन ।
अहिले मोटरसाइकल र बस इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रण रहेको छ।
please subscribe our official youtube channel below and support us.