अपडेट 
२०७९ पुष ४, सोमबार ०७:४६

गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा पाँच महिनापछि विषयगत शिक्षक पठाइएका छन् यसका लागि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाई नभएको भन्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीहरुले पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।

विद्यालय अगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रेका थिए । ‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन ग¥यौँ,’ कक्षा–९ मा अध्ययनरत दीपककुमार महतोले भने । विद्यार्थीको आन्दोलनपछि गौशाला नगरपालिका प्रमुख डा.दीपेन्द्र महतोले रातारात शिक्षक नियुक्ति गरेर नवराजपुरस्थित श्री माध्यामिक विद्यालयमा पठाएका छन् । ‘लोकतन्त्रमा आफ्नो अधिकारको लागि आन्दोलनसमेत गर्न सकिन्छ भन्ने थाहा थियो । तर, माग पूरा हुन्छ भन्ने विश्वास थिएन । आन्दोलनको यत्रो शक्ति हुन्छ भन्ने बल्ल थाहा पायौं,’ महतोले थपे । शिक्षकको अभावमा पठनपाठनमा समस्या थियो । अतिरिक्त कक्षा नलिए परीक्षासम्म कोर्स सकिने अवस्था नरहेको विद्यार्थीहरू बताउँछन् । विषयगत शिक्षक आएसँगै पठनपाठनले गति लिएको छ । कक्षा–१० मा अध्ययनरत अनिलकुमार महतो पाँच महिनादेखि अध्यापन नै नभएका विषयहरू अहिले पढाउन थालिएको छ । गणित, सामाजिक, विज्ञानजस्ता विषयहरू नै पढाई नभएपछि यस विद्यालयमा अध्ययनरत कक्षा–८, ९ र १० का विद्यार्थीहरू विशेषगरी मर्कामा परेका थिए । यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शैक्षिक प्रावधान अनुसार ५० विद्यार्थी बराबर एक शिक्षक आवश्यक पर्छ । तर, यहाँ जम्मा ५ जना मात्र शिक्षक थिए । विद्यार्थीहरूको दबाबपछि अहिले चारजना शिक्षक थपिएका छन् ।

Comment


Related News

Latest News

Trending News