अपडेट 
२०७९ पुष ४, सोमबार ०७:४९

महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु सङ् ग्रहालय बन्ने भएको छ ।

थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु सङ् ग्रहालय निर्माण गर्ने घोषणा गरेका छन् । मन्त्री चौधरीले भने,‘कला, संस्कृतिमा सम्पन्न थारु जातिको इतिहास जोगाउन जरुरी छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरूले नेपाली भूमिको समेत सुरक्षा गरेका छन् । तपाईँहरू सङ्ग्रहालयको गुरुयोजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।’ थारु समुदायलाई दैनिक क्रियाकलापपछि राजनीतिमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए । मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिपकुमार चौधरीले सङ्ग्रहालय बनाउन मन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए । ‘करिब ८ बिघामा बन्ने सङ्ग्रहालयमा थारु भेषभूषा,संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी हुनेछ । थारु खानाका परिकारहरू उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ । विभिन्न पर्वहरू, उत्सवहरू मनाउने व्यवस्था हुनेछ । यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्नेछ ।’ उत्साहित हुँदै उनले बताए । थारु सङ्ग्रहालय भवन निर्माणका लागि अनुमानित बजेट छ करोड रुपियाँ हुने बताइएको छ ।

Comment

Related News

Latest News

Trending News