अपडेट 
२०७९ पुष ४, सोमबार ०७:५५

बङ् गलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि बाराबाट पाँच जना विद्यार्थी छनोट भएका छन् ।

गण्डकी प्रदेशको पोखरामा पुस २ गते सम्पन्न आठौँ राष्ट्रिय स्क्राबल प्रतियोगितामा बाराबाट सहभागी भएका आठ जनामध्ये पाँच जना अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि छनोट भएका छन् । बाराबाट छनोट हुनेमा राष्ट्रिय विभूति स्कुलका रोशन कुमार यादब ,धीरज कुमार मोक्तान ,पाथीभारा स्कुलका चन्द्र प्रकाश गिरी , विशाल गुप्ता र सिमरा पब्लिक इङ्गलिस स्कुलका विबेक ढकाल गरी पाँच जना अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि छनोट भएको स्क्राबल प्रतियोगिताको बारा जिल्ला संयोजक भोजराज सुबेदीले जानकारी दिए । सन् २०२३ को फेब्रअरी महिनामा बङ्गलादेशमा हुने अन्तर्र ाष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि देशभरिबाट २० जना छनोट भएका छन् । आगामी वर्ष हुने नवौँ राष्ट्रिय स्क्राबल प्रतियोगिता बाराको सिमरा स्थित लोटस एकेड्मीमा हुने स्क्राबल प्रतियोगिता बारा जिल्ला संयोजक सुवेदीले बताए ।

Comment


Related News

Latest News

Trending News