अपडेट 
२०७९ पुष ४, सोमबार १३:२२

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन हुनुभएको छ ।

सोमवार बसेको दलको बैठकले रविलाई संसदीय दलको नेता चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।

निर्वाचनमा चौथो ठूलो दल बनेको रास्वपाले गठबन्धन सरकारमा सहभागी हुने बताइसकेको छ । दलभित्रकै केही नेताहरुले भने तत्काल सरकारमा नजान नेतृत्वलाई सुझाव दिएको छ ।

Comment

Related News

Latest News

Trending News