अपडेट 
२०७९ पुष ५, मंगलवार ०७:५४

स्थानीय तहको चुनाव र आम चुनाव गराउनु मधेश प्रदेशमा अत्यन्त चुनौतीपूर्ण कार्य मानिन्छ । दुबै तहको चुनावलाई निर्विध्न रुपमा सफल गर्ने जिल्ला प्रहरी प्रमुखएसपी)हरुको सोमवार सरुवा गरिएको छ ।

धनुषामा १४ महिना रहेर शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था र सीमाक्षेत्रबाट हुने तस्करी नियन्त्रणमा सफल भएका धनुषाका एसपी वसन्त रजौरे पनि सरुवामा परेका छन् । खुल्ला सीमाको कारण लागूऔषध लगायत अन्य मालवस्तुहरुको विगतमा हुने गरेको तस्करी अहिले पूर्णरुपमा नियन्त्रण भएको महसुस गरिएको छ । अबेर रातिसम्म बजारमा निर्वाध रुपमा घुमफिर गर्नसक्ने वातावरण बनेको छ । नेपाल प्रहरीमा चर्चित हस्तीहरु मध्येका उत्तमराज सुवेदीपछि सर्वाधिक लामो समय बस्ने प्रहरी प्रमुख रजौरे नै हुन् । कयौं पुराना अल्झेका मुद्दाहरुलाई सुल्झाउन उनी सफल सफल भएका छन् ।धनुषा जिल्लाको राजनीतिक विवादबाट टाढै रहने रजौरेले आमनागरिकको शान्तिसुरक्षालाई प्राथमिकता दिएका थिए । नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) हुने प्रबल सम्भावना भएका रजौरेको सरुवा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भएको छ ।

धनुषामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट विश्वराज खड्का आउन लागेका छन् ।अन्तराष्ट्रिय विमानस्थलमा उनको भूमिकालाई प्रहरी वृत्तमा निकै सराहिएको छ । यसैगरी धनुषाबाट काठमाण्डु हुँदै पर्सा जिल्ला पुगेका एसपी रमेशकुमार बस्नेतको पनि सरुवा भएको छ ।पर्सा जिल्लामा शान्तिसुरक्षाको सबल व्यवस्था, तस्करी नियन्त्रण र चुनावमा उनको भूमिका प्रशंसनीय रहेको स्थानीयहरुको कथन छ । स्थानीय तह र आम निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाएका बस्नेतले चुनावमा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई विशेष निर्देशन दिएका थिए । गत हप्तामात्र उनले अवैद्य खाद्यान्न गोदाममा छापा मारेका थिए ।बस्नेतको सरुवा रानीपोखरीस्थित काठमाण्डु उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ । प्रहरी पहरागण सामाखुशीाबाट एसपी कोमल शाह पर्सा जिल्लाको प्रहरी प्रमुखमा आउन लागेका हुन् ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिमबाट सर्लाहीमा एसपी नरेशराज सुवेदी आउने भएका छन् ।प्रहरी प्रधानकार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा र सरुवा गरेको छ ।

Comment

Related News

Latest News

Trending News