
जेल जिवन बिताई रहेका रेशम चौधरीको रिहाईको माग गर्दे बारामा प्रदर्शन गरिएको छ ।
बर्दियामा भएको नरसंहारको घटनामा आरोपित चौधरी लामो समय देखि काठमाण्डुको डिल्ली बजार स्थित रहेको सदर कारागारमा जेल जिवन बिताई रहेका उनलाई विना शर्त रिहाई गर्न कलैयामा थारु कल्याणकारिणी सभाले बारामा प्रदर्शन गरेको छ । सभाका अध्यक्ष रामप्रसाद चौधरीको नेतृत्वमा रहेको टोलीले कलैया बजारको बिभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन समेत गरेको थियो । सरकारले ल्याएको अध्यादेश पारित गर, कैदी बन्दीलाई रिहा गर, रेशम चौधरीलाई न्याय देउ, अध्यादेशमा राजनीति नगर जस्ता नाराहरु लगाउदै उनीहरुले प्रदर्शन गरेका थिए । नागरिक उन्नमुतिm पार्टीबाट रेशमका श्रीमती रंजिता श्रेष्ठ चौधरी, बुबा लालबिर चौधरी सहित ४ जना संघीय सांसदमा निर्वाचित भएपछि पार्टीले पहिलो शर्तको रुपमा सरकारसंग मुद्दा फिर्ता गर्न माग गरेपछि सरकारले अध्यादेश ल्याइ रेशम चौधरी सहित बिप्लव, सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुलाई रिहाई गर्न पहलकदमी लिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत नगरेपछि अध्यादेश अन्योलमा नै रहेको छ ।
नेकपा एमाले सरकारले ल्याएको अध्यादेशको कडा विरोध गरे पछि सभा आन्दोलनको वाटो अपनाएको छ । अधिकारका क्षेत्रमाकाम गर्ने संघसंस्थाहरु, बार एसोसिएसनका प्रतिनिधिहरु र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गगन कुमार थापा, नेता डा. शेखर कोइराला, प्रदीप पौडेल सहित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम सांसद रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन सहित विभिन्न पार्टीका युवा नेताहरुले सो अध्यादेशको विरोध गरेका छन् भने सरकारको नेतृत्व गरिरहेका पाँच दलीय गठबन्धन भने अध्यादेशको पक्षमा देखिएको छ । प्रदर्शनपछि आयोजित कोणसभालाई नागरिक उन्नमुतिm पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, महिला नेतृ राधा कुमारी चौधरी, थारु कल्याणकारिणीका यादव कृष्ण चौधरी लगायतले आफ्नो विचार व्यतm गर्दै चाँडो भन्दा चाँडो अध्यादेश पारित गर्न मााग गरेका थिए ।