अपडेट 
२०७९ पुष ५, मंगलवार ०८:०७

रौतहटमा मेयरका प्रत्याशीले लाखौं मूल्य बराबरको एकथान प्रोटेबल अल्ट्रासाउण्ड मेसिन गरुडा नगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट गरुडा नगरपालिकाका मेयरमा चुनाव लड्ेका बृज किशोर यादवले सोमवार एक कार्यक्रमकाबीच नगरपालिकाकी उपप्रमुख पुनम देवी चौधरीलाई उक्त प्रोटेबल अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेका छन् । आफ्नै पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सहयोग प्राप्त गरेका १५ लाख मूल्य बराबरको उक्त मेसिन स्वास्थ्य संस्थालाई प्रदान गर्न मेयरका प्रत्याशी यादवले उपप्रमुख चौधरीलाई हस्तान्तरण गरेका छन् । ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य परीक्षण र त्यसको नतिजाको आधारमा उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त प्रोटेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको उनले बताए । यो मेसिनले गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्था सजिलै थाहा पाउन सकिने भएको हुँदा यसले गर्भवती महिला र नवजात शिशुको मृत्युदर घटाउन निकै सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।

गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको मृत्यु कम गर्न र स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन यो मेसिन निकै उपयोगी हुनेछ । उक्त मेसिनले महिलाको गर्भमा समस्या भएमा समयमै पत्ता लाग्न सजिलो हुने नगर उपप्रमुख चौधरीले बताइन् । यो मेसिन ल्याउन गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको पनि भूमिका महत्वपूर्ण रहेको उनले बताइन् । प्रदान गरिएको उक्त अल्ट्रासाउण्ड मेसिन वडा नं ५ शिवनगर स्थित रहेको प्रसूति गृहलाई उपलब्ध गराउने मेयर जयसवालले बताए । सो अवसरमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी बरुण बहादुर सिंह, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, नेता शैलेस जयसवाल लगाएतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News