२०७९ पुष ५, मंगलवार १३:१६

सप्तरीको रुपनीमा टिप्परको ठक्करबाट एक १२ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिप्परले ठक्कर दिँदा १२ वर्षीया रिताकुमारी यादवको मृत्यु भएको हो।

घटनापछि मृतक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ।

Comment

Related News

Latest News

Trending News