अपडेट 
२०७९ पुष ६, बुधबार ०७:३७

रौतहटको माधवनारायण नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै नगरपालिका विरुद्ध अख्तियारमा उजुरी परेको छ । माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी परेको छ ।

मेयर यादवले खाजा र खानाको नाममा नगरपालिकाको लाखौं बजेट हिनामिना गरेको भन्दै नेकपा माओवादी केन्द्रका माधवनारायण नगर कमिटी अध्यक्ष एवं मेयर प्रत्यासी देवनारायण भगतले आवश्यक छानबिनका लागि अख्तियारको कार्यालय हेटौडामा निवेदन दर्ता गराएका छन् । भगतले दिएको निवेदनको दर्ता नं. २३०३ रहेको छ । नगरपालिका कार्यालयको आयोजनामा कुनै कार्यक्रम गर्नुपर्दा मात्र सहभागीहरुको खाजा र खानाको खर्च नगरपालिका कार्यालयले व्यहोर्ने नियम छ तर माधवनारायणका मेयर यादवले बिना कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको भनी लाखौं रकम भुक्तानी गराइ भ्रष्टाचार गरेको निवेदनसहितको उजुरीमा उल्लेख छ । मेयर यादवको आदेशमा बिल भरपाइको आधारमा गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपैया भुक्तानी दिइएको उल्लेख छ । नगरको प्रत्येक टोलको पोलपोलमा बिजुली वत्ती लगाउने र नगरपालिका भित्रका विभिन्न कार्यालयका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने नाममा समेत भ्रष्टाचार भएको आरोप छ ।

त्यस्तै,कुनै संस्था वा उपभोक्ता समितिको नाममा मात्र पेश्की दिनुपर्ने नियम छ तर नगरपालिकाको रकम हिनामिना गर्ने नियतले नगरपालिकाबाट चारजना कर्मचारीको व्यक्तिगत नाममा लाखौं रकम पेश्की निकासा गरिएको आरोप लगाइएको छ । नगरपालिकाको सम्पत्ति हिनामिना गर्नेमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको उजुरीमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News