२०७९ पुष ६, बुधबार ०७:३७

जनकपुरधामको प्रसिद्ध रामानन्द युवा क्लबले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा तीन जनालाई मंगलबार सम्मान गरेको छ ।

नेपालको खेलकुदको क्षेत्रमा विशिष्ट योगदान दिएका राष्ट्रिय खेलाडी अनिल मण्डललाई वशिष्ट चन्द्रकला खेल पुरस्कारबाट सम्मानित गरिएको छ । सो पुरस्कारमा सम्मानपत्र, दोसल्ला तथा २१ हजार नगद रहेको छ । क्लबले स्थापना गरेको यस वर्षको विद्यापति स्मृति पदकबाट कवि काशीकान्त झालाई सम्मानित गरिएको छ । उक्त पुरस्कारमा सम्मानपत्र, दोसल्ला र १५ हजार नगद रहेको छ । त्यस्थै, कला र संस्कृतिको क्षेत्रमा प्रत्येक वर्ष प्रदान गर्दै आएको सरस्वती राजनारायण कला पुरस्कार कलाकार नवीन कुमार मिश्रलाई प्रदान गरिएको छ । उक्त पुरस्कारमा सम्मानपत्र, दोसल्ला तथा २५ हजार नगद रहेको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं पार्टीका संसदीय दलका नेता डा चन्द्रकान्त राउत (डा. सिके राउत ) ले ती पुरस्कारहरु प्रदान गरेका थिए ।



कार्यक्रममा सहभागीहरूले रामानन्द युवा क्लबले यस क्षेत्रको भाषा, साहित्य, संस्कृति तथा समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै आगामी दिनमा लागू औषधको दुव्र्यसनमा लागेका युवाहरूको क्षेत्रमा थप कामकाज गर्न आवश्यक भएको बताए । रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले रामानन्द युवा क्लबले यस क्षेत्रको भाषा, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै सामाजिक परिवर्तनको क्षेत्रमा थप कामकाज गर्न आवश्यक भएको बताए । कार्यक्रममा समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान दिएका पवन कुमार सिंघानिया, जनमत पार्टीका प्रदेश सभाका सदस्य सतिश सिंह, पूर्व प्रदेश सभाका सदस्य परमेश्वर साह, क्लबका पूर्व अध्यक्षहरू अमरचन्द्र अनिल, अनिल मिश्र, अशोक दत्त, सम्मानित हुनेले पनि रामानन्द युवा क्लबको भूमिकाका विषयमा धारणा राखेका थिए ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News