अपडेट 
२०७९ पुष ६, बुधबार ०७:५३

नेपाल टी–२० लिगको लागि जनकपुर रोयल्स टीमको जर्सी सार्वजनिक भएको छ । मंगलबार कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरिएको छ ।

साथै टीम लिस्ट र कप्तानसमेत घोषणा भएको छ । जनकपुरको कप्तानमा ट्रेभोन ग्रिफिन, मार्की प्लेअर सोमपाल कामी, मुख्य प्रशिक्षक उमेश पटवाल, टीम मालिक गोविन्द खन्डेलवाल लगायतले जर्सी सार्वजनिक गरेका थिए । टीममा राष्ट्रिय टीमका फास्ट बलर सोमपाल कामी मार्की प्लेअर रहेको जनकपुर टीममा सन्दीप जोरा, आदिल आलम, दिलीप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी, खड्ग बोहरा छन् । यस्तै,विदेशी खेलाडीमा वेष्ट इन्डिजका चाडविक वाल्टन र ट्रेभोन ग्रिफिन, केस्रिक वसलियम्स छन् । श्रीलंकन असान प्रिएनजन, अफगानिस्तानका सरफुद्दिन असरफ, र समिउल्लाह सेनवारी पनि जनकपुरमा छन् ।

मुख्य प्रशिक्षक उमेश पटवालले नेपाल फर्कँदा खुशी लागेको बताए । साथै उनले जनकपुरको लक्ष्य उपाधि जित्ने रहेको बताए जनकपुरका मालिक खण्डेलवालले टीम राम्रो रहेको र एकजुट भएर प्रदर्शन गर्ने बताए । जनकपुरका मार्की प्लेअर कामीले नेपाल टी–२० हुन लाग्दा खुशी लागेको बताए । ‘नयाँ खेलाडीको लागि खुशीको कुरा हो र नयाँ नयाँ कुरा सिक्न पाइन्छ । कोचले भनेजस्तै हामी जित्ने लक्ष्य छ,’उनले भने । कप्तान ग्रिफिनले नेपालमा खेल्न उत्साहित रहेको बताए । प्रशिक्षक पटवालले अनुभवी र टीम ह्यान्डल गर्नसक्ने कप्तान खोज्ने क्रमममा ग्रिफिनलाई यो जिम्मेवारी दिएको बताए । सोमपालले उपकप्तानको रुपमा ग्रिफिनलाई सघाउने उनले बताए ।

Comment

Related News