अपडेट 
२०७९ पुष ६, बुधबार १०:३६

ट्वीटरका मालिक अर्बपति इलोन मस्कले ट्वीटरको सीईओ पद छाड्ने घोषणा गरेका छन्। ट्वीटरबाटै उनले उक्त पदका लागि उपयुक्त पात्र भेटिएसँगै यो पद छाड्ने बताएका हुन्।

ब्लूमवर्गका अनुसार मस्क अहिले ट्वीटरको सीईओको लागि उपयुक्त व्यक्तिको खोजी गरिरहेका छन्। ‘मैले यो पद लिनको लागि कुनै मूर्ख व्यक्ति फेला पारेसँगै राजीनामा दिनेछु। त्यसपछि म केवल सफ्टवेयर एण्ड सर्भर टोलीको नेतृत्व गर्नेछु’, मस्कले गरेको ट्वीटमा उल्लेख छ। उनले यो ट्वीट आफ्नो अघिल्लो पोस्टको रिप्लाईमा गरेका हुन्।

जहाँ उनले आफूले ट्वीटरको प्रमुखबाट राजीनामा दिनु उचित रहेको वा नरहेको भन्ने विषयमा पोल राखेका थिए। जसमा अधिकांश मानिसले राजीनामा दिनु उचित हुने मत राखेका थिए। मस्कले ट्वीटर खरिद गरेसँगै टेस्ला कम्पनीको शेयरमा पनि गिरावट आइरहेको छ भने उनी विश्वकै धनी अर्बपतिको सूचीबाट पनि तल झरिसकेका छन्। साथै अमेरिकाको संघीय व्यापार कमिसनले पनि ट्वीटरबारे अनुसन्धान सुरु गरेको छ।

Comment


Related News

Latest News

Trending News