अपडेट 
२०७९ पुष ७, बिहीबार ०९:२९

पत्रकार सुजीतकुमार झालाई मकेश्वरबाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कारले सम्मान गरिएको छ ।

जनकपुरधामको सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाउँमा स्थापित सो पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा प्रदान गरिएको छ । पुरस्कारमा ५१ सय ५ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । पत्रकारिता र मैथिली साहित्यमा पुर्याएको योगदान स्वरुप झालाई सो पुरस्कार प्रदान गरिएको छ । विकास पुरुष मकेश्वरबाबु सामाजिक प्रतिष्ठानका अध्यक्ष रीतेशकुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, नेकपा एसका पोलिटव्यूरो सदस्य श्रीप्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र साह लगायतका वक्ताहरुले सिंहको योगदानको बारेमा प्रकाश पारेका थिए ।

Comment


Related News

Latest News

Trending News