अपडेट 
२०७९ पुष ७, बिहीबार ०९:३५

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले दशौं नगरसभा सम्पन्न गरेको छ ।

बुधबार संस्थाको आय व्यय प्रस्तुत गर्दै साधारणसभा सम्पन्न गरिएको छ । पालिकामा अल्पमत बहुमतको विवादले निर्धारित समयभन्दा करिब सात महिना ढिलो नगरसभा सम्पन्न गरिएको छ । पालिकाले आर्थिक वर्ष ०७९÷८० का लागि ६९ करोड एघार हजार २७ रुपैयाँको अनुमानित बजेट ल्याएका छन् । बजेट सर्वसहमतिले स्वीकृत गरिए पनि नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरु राजनीतिक दलको प्रतिनिधित्वमा असन्तुष्टि जनाएका थिए । उनीहरु हस्ताक्षर गरेर कार्यक्रम नसक्दै निस्किएका थिए । सबै दलको सम्मान रुपमा प्रतिनिधित्व नभएको असन्तुष्ट पक्षको भनाइ छ । पालिकाले आन्तरिक आय ३६ लाख ३० हजार आम्दानी हुने अनुमान गरेको छ । करिब ६ महिनादेखि पालिकाले नगर परिषद् नहुँदा कर्मचारीहरुलाई तलव खुवाउन सकेका छैनन् भने इन्धन लगायतको काम उधारोमै गर्दै आएका थिए । अब उक्त समस्या समाधान हुने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News