अपडेट 
२०७९ पुष ७, बिहीबार ०९:५३

बर्दिवास उद्योग वाणिज्य संघको कार्यसमिति निर्वाचनबाट विष्णुबहादुर खड्का अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनबाट उनको प्यानल नै विजयी भएको छ ।

संघको कार्यसमिति अध्यक्षसमेत १३ पदका लागि मंगलबार बर्दिबास सेवा समितिको भवनमा मतदान भएको थियो । बुधवार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खड् काले ७३४ मत प्राप्तगरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद गौतमले ६१३ मत प्राप्त गरे । १२१ मतान्तरले खड्का विजयी भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार जोगेन्द्र श्रेष्ठले ३ मत मात्र प्राप्त गरेका छन् । प्रमुख निर्वाचन अधिकृत टीकाध्वज खड्काका अनुसार १२ जना सदस्य पदका लागि २४ जनाको उम्मेदवारी परेकोमा खड्का प्यानलका आठ र गौतम प्यानलका चार सदस्यको जित भएको छ ।

विजयी हुने सदस्यमा सन्तोषकुमार श्रेष्ठ ९०४, दीपक कार्की ८५८, सन्तोष सिग्देल ८५६, उत्तमकुमार श्रेष्ठ ८३३, रन्जितराज ढुङ्गाना ७५० र शैलेश दाहालले ७४६ मत प्राप्त गरेका छन् । त्यस्तै, गुञ्जबहादुर कार्की (गोपाल) ७३०, सुरज खड्का ७२७, चन्द्रबहादुर खड् का (विनोद) ७१७, उषा ढकालले ६९६ मत प्राप्त गरी विजयी भएका छन् । मतगणनामा गौतम प्यानलका बेचुबहादुर बल र खड् का प्यानलका बद्रीप्रसाद हुमागाईँ दुवैले ६७४ मत प्राप्त गरी बराबरी भएपछि गोला प्रथा गराइएको थियो । गोला प्रथामा बल विजयी हुनुभयो । अध्यक्षलगायत विजयी उम्मेदवारलाई प्रमुख निर्वाचन अधिकृत खड्काले बुधबार विजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । एक हजार ७६९ मतदाता रहेको बर्दिबास उद्योग वाणिज्य सङ्घको चुनावमा एक हजार ४७३ मत खसेको थियो ।

Comment

Related News