अपडेट 
२०७९ पुष ८, शुक्रबार ०८:२६

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार (आज) बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीवार शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले शुक्रबार मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने सचिवालयले जनाएको छ । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वर स्थित संघीय संसद भवनमा आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका थिए । यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई शपथ लिन अनुपस्थित थिए । आले पारिवारिक शोकमा र राई सुत्केरी भइ अस्पतालमा छन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News