अपडेट 
२०७९ पुष ८, शुक्रबार ०८:३१

जनमत पार्टीका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सिके राउतविरुद्ध प्रदर्शन गरिएको छ ।

बिहीवार उनले शपथ ग्रहण गरेको विषयमा आपत्ति जनाउँदै सप्तरी राजविराजमा स्थानीयले प्रदर्शन गरेका छन् । राउतले बिहीवार संसद भवनमा मधेशी भाषा भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद् र आइ लभ मिथिला मिडिया नामको संस्थाले संयुक्त रूपमा प्रदर्शन गरेका छन् । यी संस्थाहरुले राउतको शपथ ग्रहणप्रति विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका थिए । मधेशी भाषा कतै उल्लेख नरहेको अवस्थामा राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधान विपरीत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राउतकोव्यवहारबाट समग्र मैथिली भाषीको भावनामा ठेस पुगेको विज्ञप्तिमा उल्लेख संगै राउतको सपथ बदरको माग गरिएको छ । राउतले मधेशी भाषा भनेर संसद् सचिवालयमा दर्ता गराएको निवेदन नै संविधानविरीत भएको विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News