अपडेट 
२०७९ पुष ८, शुक्रबार १७:४६

नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै यादवलाई दोषी ठहर गरेको हो । योसँगै एसपी यादव बर्खास्तीमा परेका छन् । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि एसपी यादव बर्खास्तीमा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका एसपी यादवको जागिर गएको हो ।

२०७० सालमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा रहेका बेलामा अनियमितता गरी मुद्दा मिलाएको भनी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

आर्थिक अनियमितता र लागुऔषध मुद्दामा पैसा लिएर मिलाएको पाइएको भन्दै अख्तियारले यादव र हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परेका थिए । त्यतिबेला निलम्बनमा परेका उनी विशेष अदालतले सफाइ दिएपछि पुनः सेवामा फर्किएका थिए । विशेष अदालतले सफाइ दिने पनि सरकारी वकिल कार्यालय भने विशेष अदालतको फैसलामा चित्त नबुझाउँदै सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले मुद्दा दायर भएको करिब साढे ७ वर्षमा फैसला गर्दै एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको हो । २२औं पटकको पेसीमा भएको सुनुवाइपछि पुस ५ गते सर्वोच्चले विशेष अदालतको फैसला उल्टाउँदै यादव र गुरुङलाई दोषी ठहर गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरको हो । भ्रष्टाचारको कसुरमा दोषी ठहर भएसँगै उनीहरु पदबाट बर्खास्तीमा पर्नुका साथै जेल समेत जानु पर्ने अवस्था आउँछ । सर्वोच्चले दोषी ठहर गरिसके पनि सजाय निर्धारण भने गर्न बाँकी रहेको छ ।

सर्वोच्चले दोषी ठहर गरेको २ दिनसम्म पनि एसपी यादवले नियमिति कामकाज समेत गरेका थिए । सिन्धुपाल्चोकको प्रहरी प्रमुख रहेका यादवलाई पुस ७ गते बेलुका मात्रै प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाएको थियो ।

Comment

Related News

Latest News

Trending News