
जनकपुरधाममा आन्तरीक पर्यटन प्रवर्दधन रणनीतिक कार्य योजना निर्माणका लागि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गथत उक्त गोष्ठी शुक्रबार जनकपुरधामस्थित वेल्कम होटलमा सम्पन्न भएको छ । गोष्ठीमा उद्योग पर्यटन तथा वन मन्त्रालय मधेश प्रदेशका प्रदेश सचिव विशाल घिमिरेले जनकपुरधाममा वाह्य पर्यटक भित्र्यिाउने योजनहरु ल्याउनुपर्नेमा जोड दिएका थिए । उनले जनकपुरधाममा पूजापाठ गर्नका लागि श्रद्धालुभक्तजनहरु मात्रै आउने गरेका छन यसमा थप परिमार्जनको आवश्यकता रहेको उनले बताए ।
जनकपुरधमको विकाश पर्यटकीय दृष्टिकोणले सम्भावना भरिपूर्ण रहेपनि कहीँकतैबाट कमिकमजोरी रहेको औंल्याए । उनले पर्यटन कार्यालय, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, ट्राभल्स व्यवसायीहरुको हुनुपर्ने जागरुकताको कमीले समेत जनकपुरधामलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्न नसकिएको प्रति उनले आक्रोश व्यक्त गरेका थिए ।
गोष्ठीमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालमा पर्यटन क्षेत्रलाई अलग राखेर विकासका योजनाहरु ल्याउने नेपाल सरकारसंग माग गरेका छन । उनले नेपालमा रहेको पर्यटकीय स्थलहरुको प्याकेजमा प्रचार प्रसार हुनुपर्ने बताउँदै मधेसको सन्दर्भमा जानकी मन्दिर बाहेक अन्य कुनै ठाउँको प्रचार प्रसारनै नभएको बताए । उनले जनकपुरधामको मात्रै सबै पोखरी तलाउ, मिथिला कला संस्कृति र परम्परालाई मात्र प्रचार प्रसार गरियो भने जनकपुरधाममा दैनिक ५०० भन्दा बढी पर्यटक आउन सक्ने सम्भावना रहेको टिप्पनी गरे ।
गोष्ठीमा बोल्दै होटल एशोसिएशन मधेशका अध्यक्ष विजय झनझनवालाले बोर्डरमा पर्यटकीय हेल्पडेस्कको स्थापना हुनुपर्ने बताए । उनले बोर्डर छिर्ने बित्तिकै जनकपुरधामसहित मधेस प्रदेशका सबै पर्यटकीय स्थलको पहिचानसहितको बुकलेट हरेक पर्यटकको हातमा पुर्याउन सकेभने जनकपुरधामसहित मधेस प्रदेशका पर्यटकीय गन्तव्यहरुको विकासमा टेवा पुग्न सक्ने बताए । उनले जनकपुरधाम आउने पर्यटक जानकी मन्दिरमा फर्किने क्रममा ब्रेक लगाउन आवश्यक रहेको बताउँदै उनीहरुको रात्री विस्राम नहुञ्जेलसम्म मधेस प्रदेशको पर्यटकीय विकास हुन सक्छ भने सम्भावना मात्र रहेको बताए । उनले डोमेस्टिक हवाई सेवा सञ्चालनमा समेत जोड दिए । उनले मात्रै काठमाण्डौ जनकपुर हवाई सेवा सञ्चालन गरेर पर्यटकलाई मधेशतिर आर्कषण गर्न नसकिने बताए । उनले जनकपुर पोखरा, जनकपुर भैरहवा, जनकपुर बिराटनगरलगायतका स्थानहरुबाट समेत हवाई सेवा सञ्चालन हुनुपर्ने मात्र गरे । हवाई सेवा सञ्चालन भएपछि पोखरा आउने पर्यटक जनकपुर, लुम्बिनी आउने पर्यटक जनकपुरधाम ल्याउन सहिने बताए । उनले जनकपुरधामसहित जनकपुरधामको चारै कुनामा रहेको महादेव स्थलको विकास र प्रचार प्रसारको आवश्यता रहेको बताए ।
गोष्ठीमा नेपाल सरकारका पूर्व सचिव हरि बस्यालले, मधेस प्रदेशमा पर्यटक प्रवद्धन गर्न सरकारले विशेष निती निर्माण गरि कार्यणवयन गर्न आवश्यक रहेको बताए । उनले तिनै तहलाई समेटेर आ आफ्नो जिम्मेवारी छुट्टयाएर सरकारलाई अगाडी बढ्न सुझाव दिए ।
गोष्ठीमा सहभागी स्थानीय यूवा र सरोकारवालाहरुले जनकपुरधाम र मधेस प्रदेशको प्रचार प्रसार गर्न भिडियो प्रचार, पोस्टर लगायतका सामग्री निर्माण गरि समाजिक सञ्जाल, एयरपोर्ट लगायतका स्थानहरुमा देखाउन सुझाव दिए । त्यस्तै उनीहरुले विभिन्न प्रतीयोगिताको आयोजना गरि यहाँका खाना, खेलकुद, नाचलाई विश्व सामू प्रस्तुत गर्न आवश्यक रहेको सल्लाह दिए ।