अपडेट 
२०७९ पुष ९, शनिबार ०८:१३

रौतहटमा प्रतिबन्धित लागूऔषध गाँजाको कारोबारमा संलग्न एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा राखी लागूऔषध गाँजा बिक्री वितरण गरेको आरोपमा जिल्लाको माधवनरायण नगरपालिका वडा नं ५ मिठुअवाका प्रेम साहको श्रीमती ५२ वर्षीया सीतापति देवी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अवैध गाँजा सहित साहलाई पक्राउ गरेको छ । बिहीवार दिउँसो ३ बजेको समयमा आफ्नै घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखी बिक्री वितरण गरिरहेको भनि सूचना प्राप्त हुनासाथ गएको उक्त प्रहरी टोलीले साहको घर खानतलासी गर्दा दुई किलो पाँच ग्राम लागूऔषध गाँजा फेला परेपछि साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

अवैध गाँजा सहित पक्राउ परेकी साहलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ ईलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News