अपडेट 
२०७९ पुष ९, शनिबार ०८:२६

बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या भएको छ।

कलैया गढीमाई जाने बाटोमा पर्ने महागढीमाई नगरपालिका २ भुतही पुल नजिक शुक्रबार साँझ करिब ६ बजे भारतको छौडादानो पिप्राका ४५ वर्षीय शिवपुजन यादवको गोली हत्या भएको हो।

खाजा खाएर होटलबाट निस्केका यादवमाथि दुई वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो।

गम्भीर घाइते यादवलाई उपचारका लागि बाराको नौतन स्थित एलएसन्युरो अस्पतालमा ल्याइएकोमा बाटामै साढे ६ बजे मृत्यु भएको उहाँले बताउनुभयो। यादवको छातीमा गोली लागेको थियो।

घटनामा संलग्न व्यक्तिको खोजीको लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News