२०७९ पुष ९, शनिबार १८:५०

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जनकपुरधामको जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ ।

तिन दिने भ्रमणमा रहेका साह जानकी मन्दिर र विवाहमण्डपमा पूजा गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको थियो । मन्दिर भित्र पूजा गरिरहँदा बाहिर प्राङनमा राजावादी समर्थकहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ नारा लगाएका थिए । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

शुक्रबार उहाँ पूर्वमहारानी कोमल शाहसंगै गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी हुनुभएको थियो ।

 

Comment


Related News