अपडेट 
२०७९ पुष १०, आईतवार ०८:१४

मधेश प्रदेश कार्यक्षेत्र रही विपन्नवर्गमा गुणस्तरीय वित्तीय सेवा पुर्याउँदै आइरहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य क्षेत्रमासमेत योगदान दिने गरेको छ ।

यसै क्रममा शनिबार राष्ट्रिय माध्यमिक विद्यालय लहान – १२, पडरियामा महिलाहरुको पाठेघर तथा मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । लायन्स क्लव अफ लहान सिटी र लहान क्यान्सर केयर सेन्टरसंगको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको थियो भने त्यसमा पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोग रहेको थियो । लहान नगरपालिका तथा आसपासका स्थानीयतह एवम् सप्तरीबाट समेत लाभग्राहीहरु उक्त शिविरमा स्वास्थ्य जाँचको लागि पुगेका थिए । विहान ९ बजेबाट सञ्चालन भएको शिविर अपरान्ह ४ बजे समाप्त भएको थियो । शिविरमा महिला १९५ तथा पुरुष ५३गरी कुल २४८ जना ग्राहक सदस्यहरुले प्रत्यक्ष रुपमा उक्त शिविरबाट लाभ लिएका संस्थाका प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्णले जानकारी दिए । पुर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोड झापाका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र कुमार यादवसहितको टोलीबाट उक्त शिविरमा सेवा प्रदान गरिएको थियो भने उक्त समूहमा गाइनोक्लोजिष्ट डाक्टरहरुको समेत सहभागिता रहेको थियो ।

साथै स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. को वित्तविभाग प्रमुख तोयानाथ पोखरेल, मानव संसाधन विभाग प्रमुख सन्तोष कुमार साह र वित्तविभागीय सहायक राहुल साहको समेत सहभागिता रहेको थियो ।कार्यक्रमको उद्घाटन धनगढिमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News