अपडेट 
२०७९ पुष १०, आईतवार ०८:२३

सप्तरी क्रिकेट संघको आयोजनामा राजविराजमा संचालित जिल्लास्तरिय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि पिसल्यान्डले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा पिसल्यान्डले लिटिल एन्जेल स्कुललाई पराजित गर्दै उपाधि जितेको छ ।

टस जितेर पिसल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३८ रनको योगफल खडा गरेको थियो । जसमा बरूणदेव गामीले बिष्फोटक ब्याटिंग गर्दै अर्थशतकिय पारी खेल्दै ५६ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ६८ रन बनाए । यस्तै प्रदीप दासले २७ रनको योगदान दिए । बलिङतर्फ लिटिल एन्जेलका करण बहादुर बिक र भिम यादब समान २÷२ विकेट तथा महेन्द्र मण्डल÷गोपाल मण्डलले १÷१ विकेट लिएका थिए । जवाफमा लिटिल एन्जेल स्कुलले १ सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा १९ दशमलब ३ बलमा सबै विकेट गुमाई १ सय १९ रनमात्र बनाउन सकेका थिए । जसमा जेम्स बिकले सर्वाधिक ४३ रन बनाउदै अविजित रहे भने भीम यादब २० रन र गोपाल मण्डल १७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ पिसल्यान्डका शम्भु मण्डल÷प्रदीप दास, आरएन दास २÷२ विकेट तथा बरूणदेव गामीले १ विकेट हात पारेका छन् ।

फाइनल खेलको म्यान अफ दि फाईनल गामी नै घोषित भए । खेलको प्लेयर अफ दि सिरिज विशाल यादब, बेस्ट ब्याटस्म्यान बरूणदेव गामी, बेस्ट बलर गोपाल मण्डल र ईमेजिंग खेलाडी श्रवण गुप्ता घोषित भए । विजेता तथा उपविजेता टीमलाई नेपाल क्रिकेट फाउन्डेशनका निर्देशक अभिषेक कार्की, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष ई.ईन्द्र नारायण देव, प्रतियोगिता संयोजक अनवर अली, अम्पायर संघका अध्यक्ष निरज सिंह, प्रशिक्षक सारा बेग लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका छन् । सप्तरी क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा जिल्ला स्तरीय अन्तरविद्यालय एकदिवसीय क्रिकेट प्रतियोगिता पुस २ गते देखि ९ गते सम्म संचालन भएको थियो । उक्त प्रतियोगितामा जिल्लाभरका ८ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।

Comment


Related News