अपडेट 
२०७९ पुष १०, आईतवार ०८:३६

बाराको फेटा गाउँपालिका वडा नं.४ मा गढीमाई साझेदारी वन व्यवस्थापन उपभोक्ता समूह समिति गठन गर्नका लागि सात जनाको नाम सर्वसम्मतले चयन गरिएको छ ।

वडा अध्यक्ष वकिल यादवको अध्यक्षतामा भएको भेलाले महिला सदस्यमा गायत्री देवी , लालमुनी यादव ,दलित सदस्यमा प्रेम चन्द्र पासवान , मधेशीमा राम भरोसा महतो धानुक ,वीरेन्द्र महतो धानुक ,गणेशजी प्रसाद कलवार र सु्रेन्द्र साह कलवारको नाम चयन गरिएको छ । वन नियमावली २०७९ को नियम ५६ को उप नियम १० को क बमोजिम वडा नं.४ को नेपाल राष्ट्रिय विद्यालय फुलवरियामा बसेको भेलाले सात जनाको नाम सर्वसम्मतले चयन गरेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News