अपडेट 
२०७९ पुष १०, आईतवार १२:११

एन.सी.सी अल्मुनाइ एशोसियसन नेपालले आफ्नो पाचौंं वार्षिक उत्सव मनाएको छ ।

शनिबार धनुषाको महेन्द्रनगरस्थित श्री श्री नाथ गण मनोरञ्जन हलमा, सांस्कृतिक तथा जनचेतना मुलक कार्यक्रम गरि एशोसिएसनको वार्षिक उत्सव मनाईएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा एशोसिएसनको मधेश प्रदेश निर्देशक मिना ठाकुरको नेतृत्वमा महेन्द्रनगरमा र्‍यालि
निकालिएको थियो । दाइजो प्रथा अन्त्य गरौं, बाल विवाह अन्त्य गरौं, सभ्य र सुसंस्कृत समाज हाम्रो अभियान नाराको साथ र्‍यालि महेन्द्रनगर परिक्रमा गरेको थियो ।

एशोसिएसनले सफलतापूर्वक प्रदेशभर हुने विभिन्न समाजिक, राजनितिक, धार्मिक महोत्सव तथा कार्यक्रमहरुमा स्वयम सेवकको रुपमा भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो पटक जनकपुरधामस्थित जानकी मन्दिरमा सम्पन्न विवाहपञ्चमी महोत्सवमा एशोसिएनका सदस्यहरुले भिड नियन्त्रनदेखि हराएका श्रद्धालुभत्तजन तथा समस्यामा परेकाहरुको उद्यार गर्न अहम भूमिका खेलेको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका, श्री श्री नाथ गण आर्मी ब्यारेक र क्षिरेश्वर जनता माध्यमिक विद्यालयको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा
प्रमुख अतिथि क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवम जिवछ मण्डल, श्री श्री नाथ गण, सेनानी शिव शरण गुरुङले एशोसिएसनले सफलतापूर्वक पाचौं वर्ष पूरा गरेकोमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित प्रदेश कमिटीका सदस्य, जिल्ला कार्य समितिका पदाधिकारी, दीक्षित क्याडेट, तालिमरत क्याडेट, सञ्चारकर्मी, अभिभावक, ठाकुर राम बहुमुखी क्याम्पसका प्रोफेसर डा. राजेन्द्र ठाकुर, शिव शक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, नेपाली सेनाका पदाधिकारी, सइ सुन काजी तामाङ, नेपाल प्रहरीका पदाधिकारीको उपस्थित रहेको थियो ।

Comment


Related News

Latest News

Trending News