अपडेट 
२०७९ पुष १०, आईतवार १९:३२

जनकपुरधाममा ५७ जनाले रक्तदान गरेका छन् ।

रौनियार युवा मञ्चको आयोजनामा ५७ जनाले रक्तदान गरेका छन् । युवा मञ्च रौनियार सेवा समितिको भातृ संगठन छन् । संस्थाले प्रत्येक वर्ष जनकपुरधाममा रक्तदान गर्दै आएको छ । यस वर्ष पनि ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ नाराका साथ रक्तदान कार्यक्रमको आयोजन गरिएको थियो ।

रौनियार सेवा समितिका अध्यक्ष राम प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी मुजेलियाका प्रहरी उपरीक्षक प्रकाश कुमार सुवेदीको प्रमुख अतिथ्यता रहेको थियो । युवा मञ्चका महासचिव पंकज कुमार अजादले ५१ औं पटक रक्तदान गरेका थिए । आयोजक संस्थाले उनलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । अन्य रत्तदाताहरुलाई प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अधिकांश पदाधिकारीद्वारा रक्तदान गरिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News