अपडेट 
२०७९ पुष ११, सोमबार ०७:४६

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारलाई समर्थन दिएका दुई राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) ले दुई र जनमत पार्टीले एक मन्त्रालय पाउने भएको छ ।

सोमबार प्रधानमन्त्रीसहित केही मन्त्रीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । जसपाले पाउने दुई मन्त्रालयमा अशोक राई र नवलकिशोर साह सम्भावित मन्त्रीको रुपमा रहेका छन् । अशोक राईको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ भने जनमत पार्टीवाट अध्यक्ष सीके राउतनै मन्त्री बन्ने भएको छ । जसपाले दिएको समर्थनमा उप–राष्ट्रपति सहित दुई मन्त्रालयको कुरा भए पनि उप–राष्ट्रपतिका लागि कुराकानी भइ रहेको जनाइएको छ । तर, पार्टीका अध्यक्ष यादवले उप–राष्ट्रपति सहित दुई मन्त्रालयमा दाबी गरेका छन् । त्

यस्तै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका महेन्द्र राय यादवलाई पनि मन्त्री बनाउने भएको छ । उनी बाबुराम भटट्राईको तर्फबाट सरकारमा सहभागी हुने भएका छन् ।

एमालेबाट पार्टीका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्वर ४ र ३ बाट विजयी भएका रघुवीर महासेठ र जुली महासेठ मध्ये एक जनालाई मन्त्री बनाउने भएको छ । दुबैले आलोपालो मन्त्रालय पाउने निश्चित देखिएको छ । सोही पार्टीका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री, जुली महासेठ र ज्वाला साह मध्ये एक जनालाई मन्त्री बनाइने भएको छ ।

त्यस्तै प्रचण्डलाई समर्थन दिएका मधेश प्रदेशका तीन स्वतन्त्र सांसदहरु मध्ये एक जना मन्त्री बन्ने भएका छन् । स्वतन्त्रहरु प्रभु साह, किरण साह र अमरेश सिंह मध्ये एक जनामा अमरेश सिंह मन्त्री बन्ने भएका छन् । प्रभु साहलाई केपी शर्मा ओलीले नचाहेका कारण उनी मन्त्री बन्ने छाटकाट देखिएको छैन् भने किरण प्रभुकै पक्षधर रहेका कारण उनी पनि मन्त्री बन्ने लाइनबाट आउट भएका छन् ।

Comment


Related News