
केन्द्रमा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्र अल्गिएपछि मधेश प्रदेशमा पनि समीकरण फेरिने भएको छ ।
यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयास गरिएको समीकरण समाप्त हुने लगभग निश्चित जस्तै भएको छ । प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो भएको छ । मुख्यमन्त्री जसपालाई दिएर प्रदेश प्रमुख र सभामुख नेकपा एमालेले लिने सहमति नजिक पुगेका बताइएको छ । तर जनमत पार्टी र एमाले प्रदेशको नेताहरुले पनि सरकार नेतृत्वमा दाबी कायमै राखेका छन् । यद्यपि उनीहरु केन्द्रले गरेको निर्णय स्वीकार गर्ने बताएका छन् । एमाले दलको नेताका आकांक्षीसमेत रहेको रामचन्द्र मण्डलले नेतृत्व बारे निर्णय हुन एक÷दुई दिन लाग्ने बताए । तर केन्द्रले सहमति गरे स्वीकार गर्ने उनको भनाइ छ । ‘कसको नेतृत्वमा सरकार बन्छ, त्यो छलफलको विषयमा हो,’उनले भने,‘छलफल गरेर सहमति गर्न सकिन्छ, वा केन्द्रले नै निर्णय गरे पनि स्वीकार गर्न सकिन्छ ।’ एमाले मधेश प्रदेशमा पहिलो दल रहेको आधारमा नेतृत्व दाबी गर्नसक्ने उनको भनाइ छ ।

जनमत पार्टीको सचिवालयले पनि दाबी कायमै रहेको बताएका छन् । तर पुरानो समीकरण फेरिएपछि केही लचिलो भएर काम गर्ने ठाउँमा दाबी रहने जनमत धनुषाका अध्यक्ष विपि साहले जानकारी दिए । ‘हामी काँग्रेस नेतृत्वको सरकारमा मुख्य निर्णायक थियौं । अहिले त्यो अवस्था छैन्,’उनले भने,‘ त्यसकारण हामीले काम गर्ने ठाउँमा मात्रै दाबी गरेका छौं ।’ मधेश प्रदेशमा एमाले २३, जसपा १६, जनतमले १३ र माओवादी आठ सिट ल्याएका छन् । यी दलको सिट संख्या ६० पुगछन् । तर केन्द्रमा सघाउने भनिएको राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि यहाँ एक÷एक सिट ल्याएका छन् । उनीहरुले पनि केन्द्रीय सहमति अनुसार समर्थन गर्नेछन् । बहुमतको लागि प्रदेशमा ५४ सिट मात्रै आवश्यक रहेको छ ।
https://www.youtube.com/watch?v=CYDNeQF_pZo