अपडेट 
२०७९ पुष ११, सोमबार ०७:५३

राजविराज क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पिसल्याण्डले जित हासिल गरेको छ ।

पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजमा आइतबार सम्पन्न उद्घाटन खेलमा लिटिल एन्जेललाई १४ रनले पराजित गर्दै पिसल्याण्डले जित हासिल गरेको छ । प्रतितियोगिताको राजविराज वडा ६ का वडा अध्यक्ष शशी चौधरीले ब्याटिङ्ग र वडा ५ का अध्यक्ष बन्धु दासले बलिङ्ग गर्दै उद्घाटन गरेका थिए । उद्घाटन खेलमा टस जितेर पिसल्यान्डले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाई १ सय ३२ रनको योगफल खडा गरेका थिए । जसमा बरूणदेव गामी अर्थशतकीय पारी खेल्दै ६२ रन जोडेका थिए भने श्यामबाबु मण्डलले १३ रन बनाएका थिए । बलिङ्गतर्फ लिटिल एन्जेलका साहेल आलम, शिव दास, गोपाल मण्डल, भीम यादव र कर्ण बहादुर विक १÷१ विकेट हात पारेका थिए ।

प्रतिउत्तरमा लिटिल एन्जेलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रनमै सीमित रहेका थिए । जसमा प्रियान्सु कर्ण २९ रन, श्रवण मुखिया २५ रन, कर्ण बहादुर विक १७ रन बनाएका थिए । बलिङ्गतर्फ पिसल्यान्डका शनि यादव ३ विकेट, प्रदीप दास २ विकेट आर्यन दास १ विकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच बरूणदेव गामी घोषित भएका भएका छन् । क्रिकेट प्रतिष्ठानका अध्यक्ष ईन्द्रनारायण देवको अध्यक्षतामा संचालित प्रतियोगिता डब्बल राउण्ड रोबिनको आधारमा खेलाइने बताइएको छ । गत पुस २ गतेदेखि ९ गतेसम्म सप्तरी क्रिकेट संघद्वारा संचालित अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको विजेता, उपविजेता र सहभागी ६ टीममध्ये एक वटा टीम बनाइ प्रतिष्ठानको टीम हुनेगरी ३ वटा टीमबीच डब्बल राउन्ड रोबिनको आधारमा खेलाइने आयोजक समितिका सन्तोष यादबले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News