अपडेट 
२०७९ पुष ११, सोमबार ०८:१६

जनकपुरधाममा तुलसी दिवस मनाइएको छ । आइतबार गौ संरक्षण मञ्च नेपालले तुलसी दिवस मनाएको छ ।

सनातन हिन्दु धर्ममा तुलसीको विशेष महत्व छ । यसका लागि सनातन धर्मका अनुवायीहरुले तुलसीको रुखलाई पूजा गरी प्रत्येक वर्ष तुलसी दिवस मनाउँदै आएका छन् । भगवान विष्णु र माता लक्ष्मीको कृपा प्राप्त हुने उद्देश्यले तुलसी पूजा गरिएको छ । हिन्दू धर्मका अनुवायीहरु प्रत्येक दिन साँझ र विहान तुलसी पूजा गर्ने गरेका छन् । दियो बालेर आरती गर्छन् । दिनहुँ तुलसी माताको पूजा गर्नाले घरमा सुख, शान्ति र समृद्धि कायम रहने जनविश्वास छ ।

Comment

Related News