अपडेट 
२०७९ पुष ११, सोमबार ०८:२०

सप्तरीको महादेवा गाउँपालिका – १ (सोनराबल्थि, पकरी) लगायतका स्थानीयद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेका छन्।

स्थानीयद्वारा सप्तरीको महादेवा १ सोनरामा आइतबार आयोजित एक समारोहबीच प्रदेशसभा सदस्य महेश प्रसाद यादवलाई सम्मान गरेको छ । स्थानीय वयोवृद्घ चुनाई यादव, हरिनारायण यादव, राजाराम यादव, मोहन यादव, प्रमिला यादव, राधेश्याम यादवलगायत स्थानीयले माला, अविर लगाएर नवनिर्वाचित जनप्रतिनिधि यादवलाई सम्मान गरेका छन् । कार्यक्रममा जनमतका नेता रामगमन साह, भगवती यादव, भूपेन्द्र प्रसाद यादव, विशेश्वर यादव, ललित यादव, हनुमान मलाह, मो.ईसराइल, रामचन्द्र ठाकुर, बद्री यादवलगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News