अपडेट 
२०७९ पुष १२, मंगलवार ०७:०५

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । सोमबार प्रधानमन्त्री दाहाललाई शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् । अध्यक्ष दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

त्यस्तै मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । ८ सदस्यीय मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधान एवं भौ ित क पूर्वाधार मन्त्रीमा नेकपा (माओवादी केन्द्र)मा श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृह मन्त्रीको शपथ लिएका छन् । मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले शपथ लिए पनि मन्त्रालय भने तोकिएको छैन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्रीर त्यसपछि मन्त्रीहरुले शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालले गरे पदभार ग्रहण नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा उनले पदभार ग्रहण गरेका छन् ।

यसअघि दाहाललाई शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । दाहाल पहिलो पटक २०६५, दोस्रो पटक २०७४ प्रधानमन्त्री बनेका थिए । उनको दुवै कार्यकाल ९–९ महिनाको रह्यो । पहिलो पटक एमालेसँग गठबन्धनमा सत्तामा पुगेका दाहाललाई दोस्रो पटक भने नेपाली कांग्रेसले सहयोग गरेको थियो । मंसिरमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका दाहाल एमालेसँगको गठबन्धनमा सरकारमा गएका हुन् । एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

Comment


Related News

Latest News

Trending News