अपडेट 
२०७९ पुष १२, मंगलवार ०७:१०

धनुषा मुख्यापट्टी मुसरनिया गाउँपालिका ३ का ४० वर्षीय धानुक दास हत्याको दोषी अझै पत्ता लागेको छैन् । हत्याको तीन दिन बित्न लागेपनि प्रहरीले दोषी पत्ता लगाउन सकेका छैनन् । शनिबार बेलुका घरमै दुई जना अज्ञात व्यक्ति पुगेर उनको हत्या गरेर फरार भएको थियो ।

दास मोटर (पम्प) मर्मत गर्ने मिस्त्री थिए । केही दिनदेखि उनी घरमै ग्यास विक्रि गर्ने पसल पनि थापेको थियो । मोटर मर्मत गर्ने विषयमा कुराकानी गर्न गएको व्यक्तिले गाली प्रहार गरी फरार भएको स्थानीयको भनाई छ । तर प्रहरीको प्रारम्भिक अनुसन्धानले घरायसी समस्याका कारण हत्या भएको हुन सक्ने जस्तो देखिएको छ । यद्यपी ठोस प्रमाण फेला नपरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रली जानकारी दिए । विभिन्न कोणबाट अनुसन्धान जारी रहेको उनले बताए । दासले दुई वटा विवाह गरेका छन् । जेठी श्रीमतीबाट दुई छोरा पाएका छन् । उनको १८ र २० वर्षका दुई छोरा छन् । मृतक दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए । कान्छी श्रीमतीसँग पनि एउटा छोरी भएको छ । उनको कान्छी श्रीमतीले पनि दुई वटा विवाह गरेकी छिन् । पहिलेको श्रीमानलाई छोडेर उनी दाससँग विवाह गरेका थिए । पछिल्लने समय मधेश प्रदेशमा हत्याको घटना धेरै वृद्धि भएको छ । चालु आर्थिक वर्षमा मात्रै ५० जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्कमा उल्लेख छ । मधेशको जिल्लाहरु खुल्ला सीमासँग जोडिएको हुनाले हत्या गरी अपराधि सजिलै भारत प्रवेश गरी लुक्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News