अपडेट 
२०७९ पुष १२, मंगलवार ०७:१६

प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीहरु संसदीय दलको नेता चयन गर्न सक्रिय भएका छन् । सपथ ग्रहणको मिति तय भएपछि दलहरु नेता चयन गर्न सक्रियता देखाएको हो ।

नेपाली काँग्रेसले तीन सदस्य निर्वाचन समिति नै बनाएका छन् । काँग्रेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा पुस ७ गते निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले सहमती गर्ने प्रयास गरेका थिए र तर सहमती हुन नसकेको कारण अव निर्वाचनबाट नै दलको नेता चयन गर्ने तयारी गरेका छन् । काँग्रेसमा मुख्यत दुई जना दाबेदार छन् । काँग्रेस प्रदेश सभापतिसमेत रहेको कृष्णा यादव र पुर्व मन्त्री राम सरोज यादव दावी गर्दै आएका छन् । दलकै नेताको विषयमा नेकपा एमालेले मंगलबार बैठक राखेको छन् । सो बैठकमा संसदीय दलको नेताका लागि छलफल गर्ने छन् । एमालेमा रामचन्द्र मण्डल र सरोज कुमार यादवल मुख्य दाब्बेदार छन् । दलकै नेता चयन गर्न जनमत पार्टीका नेताहरु सोमबार राति बैठक बसेका थिए । जनमतले अवेर राती सम्म नभए मंगलबार सम्म दलको नेता चयन गरिसक्ने नेताहरुको भनाई छ । जनता समाजवादी पार्टी (जसपा)ले हाल सम्म औपचारिक प्रकृया अगाडि बढाएका छैन् । तर बुधबार जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

नेताहरु केन्द्रीय निर्देशनको पर्खाइमा छन् । जसपामा तीन जनाले दाबी गर्दै आएका छन् । मुख्यमन्त्री लाल बाबु राउत, पुर्व सभामुख सरोज कुमार यादव र यसअघि उपनेता रहेको रामअशिष यादवले दावी गर्दै आएका छन् । नेकपा माओवादी केन्द्रले सपथ ग्रहण पछि नै दलको नेता चयन गर्ने तयारीमा छन् । माओवादीमा सर्व सहमती हुने सम्भावना बढी छ । प्रदेशसभामा आठ सिट ल्याएको माओवादी दलको नेतामा भरत साह हुने सम्भावना बलियो छ । नेकपा एकीकृत समाजवादीमा पनि सहमतीमै दलको नेता चयन हुने देखिन्छ । अकांक्षी कम भएको हुनाले दलको नेता सर्वसहमतीमै चयन हुने भएका छन् । यहाँ बेची लुंगेली दलको नेतामा आउन सक्ने छिन् । लोसपा संसदीय दलको नेतामा जितेन्द्र सोनलले सर्वसहमतीमा बन्ने लगभग निश्चितजस्तै छन् । लोसपाले पनि सपथ ग्रहणपछि नै दलको नेता चयन गर्ने तयारीमा छन् । लोसपाका ९ जना सांसद भएपनि अकांक्षी न्युन छन् । यद्यपी लोसपाका वरिष्ठ नेता सरत सिंह भण्डारी समुहबाट जयनुल राइनको दावी आउन सक्छन् ।

Comment


Related News

Latest News

Trending News