अपडेट 
२०७९ पुष १२, मंगलवार ०७:२७

मधेश प्रदेशका नव निर्वाचित सांसदहरुको सपथ पुस १५ गते हुने भएको छ । प्रदेशसभामा सोमबार बसेको सर्वदलीय बैठकले आगामी शुक्रबार दिउँसो २ बजे सपथ ग्रहण गर्ने निर्णय गरिएको छ । सपथ ग्रहण, पहिरण र भाषाको विषयमा निर्णय भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा सहभागि हुनु अघि सपथ ग्रहण गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुसार सांसदहरुलाई सपथ ग्रहण गराउन लागिएको छ । सबै सांसदहले आफ्नो संस्कृति झल्किने पहिरणमा उपस्थित हुन बैठकमै अनुरोध गरिएको छ । सपथ ग्रहणको दिन सांसदहरुलाई प्रदेशसभाले एक थान लोगो र संविधान दिने प्रदेशसभाको तयारी छ । प्रदेशसभाले संसदलाई पेपरलेस बनाउन ल्यापटको लागि पनि टेण्डर गरेको छ । तर, खरिद प्रक्रिया ढिलो अगाडि बढेका कारण फागुणमा प्रत्येक सांसदलाई नयाँ ल्यापटप दिइने जनाइएको छ । ‘संसदलाई पेपर लेस बनाउने उद्देश्यले सांसदहरुलाई ल्यापटप दिने हामीले तयारी गरेका छौं,’उनले भने,‘पुरानो ल्यापटक चार वर्ष चलाएपछि दिनु राम्रो हुँदैनन् । र कानूनमा पनि पुरानो सांसदसँग ल्यापटप फिर्ता लिने प्रावधान नभएको हुनाले नयाँ नै दिने तयारी छ ।’ कुन भाषामा सपथ लिने सो जानकारी प्रदेशसभालाई तीन दिन पूर्व गराउनु बैठकमार्फत जानकारी गराइएको छ । सपथ ग्रहणको दिन सांसदहरुले निर्वाचनण आयोगले दिएको प्रमाणप्रत्र, नेपाली नागरिकताको प्रमाणपत्र र हालसालैको दुई वटा फोटोसहित सभामा उपस्थित हुन अनुरोध गरिएको सचिव यादवले बताए । यसपटक ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट सपथ लिई अन्य सांसदलाई सपथ खुवाउने तयारी भएको छ । सांसदहरुको सपथ ग्रहण पश्चात सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएको छ । दलको नेताहरु पनि यहाँ कुनै दलले चयन गर्न सकेका छैन् ।

तर, चालु सातामै टुङ्गो लगाउने नेताहरुको तयारी छ । यहाँ २३ सिटसहित एमाले सबै भन्दा ठूलो दल छ । नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, नेकपा माओवादी केन्द्र आठ, नेकपा एकीकृत समाजवादी सात, लोसपा ९ र स्वतन्त्र ६ जना सांसद छन् । यी बाहेक राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय सामाजवादीले समानुपातिकमा एक÷एक सिट पाएका छन् । सोमबारको बैठकले सपथ ग्रहण बारे मिती तय गरेपनि संसदीय दलको कोठा व्यवस्थापनको विषयमा छलफल हुन सकेको छैन् । बैठकमा सहभागि सांसदहरुले संसदीय दलको नेता चयन भएपछि दलकै नेताहरुले यी विषयमा सहमती गर्ने सचिव यादवले बताए । प्रदेशसभामा ११ वटा कोठा र दुई वटा हल छ । त्यस बाहेकको सात वटा कोठा विषयगत समितिको लागि छुट्याइएको छ । दलको नेता तथा स्वागतको लागि भौतिक संरचना अभाव देखिएको हुनाले एउटै कोठमा दुई दलको नेताको कोठा राख्नु पर्ने बाध्यता रहेको बताइएको छ ।

Comment

Related News