अपडेट 
२०७९ पुष १२, मंगलवार ०७:२९

मिटर व्याज पीडितहरुले पीडक माथि कारवाही तथा आपूmहरुको सुरक्षाको माग गर्दै सोमवार सप्तरी सदरमुकाम राजविराजमा प्रर्दशन गरेका छन् ।

मिटरव्याजीको सम्पती छानवीन गर, मिटरव्याजीलाई कारवाही गर, विपन्नलाई विस्थापित गराउने मिटरव्याजी रामदेव साह र उनको परिवारमाथि कारवाही गर लगायतका नारावाजीका साथ पीडितहरुले प्रर्दशन गरेका छन् । संघर्ष समिती नै बनाएर निरन्तर आन्दोलन गर्दै आएका पीडितहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला अदालत सप्तरीलाई बोर्धाथ समेत दिइएको ज्ञापन पत्रमा कपाली तमसुक, जग्गा धितो तथा व्यक्तिगत चेक राखेर लिइएको चर्काे व्याजदरको ऋणबाट पीडित भएकाहरुको सुरक्षाका लागी समेत माग गरिएको छ । संघर्ष समितीका अध्यक्ष मो.तैयब अलिद्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत चर्काे ब्याज तीर्न नसकेर आत्महत्या गर्न समेत बाध्य भएका मिटरव्याज पीडितहरु विभिन्न समयमा कोभिड १९ का कारणले थप पीडित भएको भन्दै पीडितहरुका लागी चासो लिन जनप्रतिनीधी, राजनीतिक दल समेतलाई चासो लिन आग्रह गरिएको छ ।

संघर्ष समितीका सचिव छेदी पासवानले लामो समय देखी फरार रहेका मिटरव्याजी सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर निवासी रामदेव साह र उनका परिवारका केही सदस्यलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएकाले दवाब दिन पनि प्रर्दशन गरिएको बताए । फरार मिटरव्याजी साहलाई अबिलम्ब पक्राउ गर्न र पीडितलाई न्याय दिलाउन पनि प्रर्दशन गरिएको हो, उनले भने –‘आपूmहरुलाई घरबार विहीन बनाउने मिटरव्याजी साहलाई पक्राउ नगरे सम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ सप्तरीका सयौं पीडितहरुले साहुकार रामदेव साह सहित उनको परिवारका सदस्य माथी ८ महिना अघि नै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई ३ महिना अघि पक्राउ गरे पनि रामदेव अझै फरार छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले न्यायका लागी पहल गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News