
गोली प्रहार गरी हत्या गरिएको शिवपुजन यादव हत्याका मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ ।
भारत बिहार जिल्ला मोतीहारी छौडादानो पिप्रा बस्ने अन्दाजी ४५ बर्षीय यादवलाई छातीमा गोली हानी हत्या गराउने मुख्य अभियुतm भारत बिहार जिल्ला मोतिहारी थाना घोडासहान ग्राम सेखौना वडा नम्बर १ निवासी ३८ बर्षीय प्रमोद राम रहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । राम १० दिन देखि नेपालमा बस्दै आई मृतक यादवको पछि लागेको थियो । मृतक यादवलाई रामले नै फोन गरी खाजा खान बोलाएका थिए भने खाजा पसलबाट सुटरलाई फोन गरी बोलाई गोली हान्न लगाएको उपरीक्षक बोगटीले जानकारी दिए । पुस ८ गते शुक्रवार बेलुका साढे ५ बजेको समयमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ भुतही खोला अगाडि नम्बर नखुलेको भारतीय मोटरसाईकलमा सवार अपरिचित २ जना ब्यतिmहरुले शिवपुजनलाई बोलाई चिया पसलमा नै छातीमा एक राउण्ड गोली हानी फरार भएका थिए । मृतक यादव बरियापुर अफान्त कहा आएको उपरीक्षक बोगटीले जानकारी दिए । यादवको परवानीपुर गाँउपालिका वडा नम्बर ५ स्थित रहेको एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । यादवको मृत्यु भयो कि भएन भनेर अस्पतालमा नै पुगी मुख्य अभियुतm रामले हत्या गर्ने ग्रिरोहलाई सूचना प्रवाह गर्दै गरेका थिए ।
राम माथि शंका लागेर निजसंग कुराकानी गर्दै जाँदा त्यसको मोवाईलमा दुई जनालाई फोन भएको कुरा भेटिएपछि झनै शंका बढेको र उनलाई नियन्त्रणमा लिई अनुसंन्धान गर्दै जाँदा एक दिनमा मात्र दिनेश यादव सुटरसंग ६२ चोटी फोन गरेको रेर्कड भेटिएको प्रहरी उपरिक्षक बोगटीले बताए । मृतक शिवपुजन छौडादाने ग्राम पन्चायतका उपप्रमुख रमेश यादवलाई जग्गाको विवादमा गोली हानी हत्या गरी नेपालमा लुकीछिपी बस्दै आएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । मृतक रमेशको भाई दिनेश यादवले मुख्य अभियुतm रामलाई सो कार्यको चाजोबाजो मिलाउन ६० हजार रुपैयाँ समेत दिएको उनकै ब्यानबाट खुल्न आएको छ । महुअवा थाना छौडादानो थानामा कर्तब्य जान, डाकाजनी, अपहरण, लुटपाट, फिरौती गरी ८ वटा मुद्दा दायर रहेको छ भने उनी नासलाईट नामक अताककारी संगठनका नेता रहेको स्रोतले जनाएको छ । मृतक यादव भारतमा मोष्टवान्टेडको सूचीमा रहेका थिए । पक्राउ परेका रामको पनि मोतिहारी थाना लगायत अन्य ठाँउमा अपहरण, फिरौती लगायतका ३ वटा मुद्दा रहेको प्रहरी समक्ष स्वीकार गरेका छन् । घटनामा संलग्न अरुको पनि पहिचान भईसकेको हुँदा चाडै नै तिनीहरुलाई कानूनी दायरामा ल्याउने प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।