अपडेट 
२०७९ पुष १२, मंगलवार १४:२१

नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याज दरका विरुद्ध वीरगञ्ज उद्योग वाणिज्य सङ्घ आन्दोलनमा उत्रिएको छ । नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको भन्दै सङ्घको नेतृत्वमा उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको आज तेश्रो दिन व्यवसायिक प्रतिष्ठान अगाडि चालु पूँजी कर्जा निर्देशिकाको बिरोधमा ब्यानरहरु झुण्ड्याउनुका साथै हातमा कालो पट्टी बाँधी बिरोध जनाएको र भोलि चौथो दिन १३ गते नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिने कार्यक्रम रहेको सङ्घका अध्यक्ष डा। सुबोध कुमार गुप्ताले बताउनु भयो ।

राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धा तथा विभिन्न नीतिगत जटिलताका विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
बिरोध कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, नागरिक समाज, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
यस अघि सङ्घले पहिलो दिन चर्को ब्याज दर र चालु पूँजी कर्जाको साङ्केतिक बिरोध स्वरुप वीरगञ्ज उद्योग बाणिज्य सङ्घको कार्यालय र नेपाल राष्ट्र बैंकको मुख्यद्वार अगाडि विभिन्न नाराहरु लेखिएको ब्यानरहरु झुण्डयाइएको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घबाट निस्केको ¥यालीले वीरगञ्ज नगरको परिक्रमा गर्दै स्थानीय पर्सेलीहरुलाई विरोध ब्यानर वितरण, कालो पट्टी बाँध्न अनुरोध गर्दै घण्टाघरमा पुगेर सम्पन्न भएको थियो ।

घण्टाघरमा कोणसभालाई सम्बोधन गर्दै सङ्घका अध्यक्ष डा। गुप्ताले मुलुक आर्थिक रुपले सङ्कट तर्फ उन्मुख भइरहेको तर्फ सङ्केत गर्दै शीघ्र चर्को ब्याज दर र चालु पूँजी कर्जाको अव्यवहारिक र निजीक्षेत्र अमैत्री प्रावधान हटाउन जोडदार माग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News